कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै
फाइल तस्वीर

भारतका चर्चित कमेडियन राजु श्रीवास्तव १० दिनदेखि दिल्लीको एम्समा भर्ना भएका छन् । १० अगस्ट २०२२ मा हृदयघातका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि योगी आदित्यनाथसम्म र सम्पूर्ण देशले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ । 

अहिले हास्य कलाकारको स्वास्थ्यमा केही सुधार आएको छ । ११ औँ दिनमा राजु श्रीवास्तवको पछिल्लो स्वास्थ्य अपडेट आएको छ जसमा उनको रक्तचाप नियन्त्रणमा रहेको र अक्सिजन आपूर्ति पनि पहिले नै बढेको बताइएको छ । हालै राजु श्रीवास्तवको ब्रेन डेड भएको खबर सुनेपछि उनका फ्यानहरु निकै दुखी भएका छन् र सबैले उनको लागि प्रार्थना गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार राजु श्रीवास्तवको स्वास्थ्यमा ११ औं दिनमा केही सुधार आएको छ । अहिले अक्सिजनको आपूर्ति २० प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ । उनको रक्तचाप पनि पहिलेको भन्दा नियन्त्रणमा रहेको देखिन्छ । डाक्टरहरूले भारी एन्टिबायोटिक डोज कम गरेका छन् र परिणाम राम्रो भएको छ।

राजु श्रीवास्तवको स्वास्थ्य अवस्था र संक्रमणको डरले चिकित्सकले परिवारका सदस्यलाई आईसीयूमा जान दिन नमानेको खबर पनि आएको छ । शरिरमा संक्रमण फैलिने खतरा पनि हुन सक्ने चिकित्सकहरु बताउँछन्, त्यसैले हास्य कलाकारकी श्रीमती शिखा (राजु श्रीवास्तव पत्नी) लाई पनि श्रीमान् भेट्न अस्वीकार गरिएको छ ।

बिहीबार राजु श्रीवास्तवको ब्रेन डेड भएको र मुटुले पनि काम नगरेको खबर आएको थियो । जसका कारण कोलकाताबाट तत्काल प्रभाव पारेर न्यूरोलोजी विभागका प्रमुख प्रा पद्मालाई दिल्लीको एम्समा बोलाइएको थियो ।

राजी श्रीवास्तव दिल्लीको एक जिम हलमा जिम गर्दै थिए। अगस्ट १०, २०२२ मा, अचानक जिमको क्रममा, उनको छाती दुखेपछि बेहोस भएका थिए । त्यसपछि उनलाई एम्समा लगिएको थियो, उपचारको क्रममा उनलाई हृदयघात भएको पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १६:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया