क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहालले पाएका छन् । 

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले प्रचण्डलाई यस्तो जिम्मेवारी दिएको हो । बैठकले विद्यार्थी संगठनमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले बताए । 

विद्यार्थीमा दुई समूह देखिएको र त्यसलाई मिलाउने निष्कर्षमा पुगेको उल्लेख गर्दै उनले भने, उनले भने, ‘त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ ।’

अखिल क्रान्तिकारीको अधिवेशनबाट अध्यक्षमा चयन भएकी पञ्चा सिंह उपाध्यक्ष रहेका पवन कार्कीबीच विवदा उत्पन्न भएर कार्कीले छुट्टै समानान्तर समिति गठन गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १८:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया