प्रदीप गिरिको स्वास्थ्यवस्थाबारे परिवारले दियो जानकारी

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरिलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लोपटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताइएको छ ।

अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो । भारतीले अस्पताल परिवारलाई धन्यवादसमेत व्यक्त गरेकी छन् ।

अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय–समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १८:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया