नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा हुमागाईं

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा एसको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

शनिबार पार्टीको पाँचौँ बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो ।
 
बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ । हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार २०:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया