टर्कीमा सवारी दुर्घटना, पत्रकारसहित ३२ जनाको मृत्यु

दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो  दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए । 

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।

त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ६:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया