सोमालियाको होटलमा जिहादीको हमला, १३ जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुको एक होटलमा जिहादी विद्रोहीले गरेको एक घण्टा लामो आक्रमणमा मारिने व्यक्तिको संख्या १३ पुगेको छ ।  ‘हामीले थप पाँच जना मारिएको पुष्टि भएको जानकारी प्राप्त गर्दैछौं । योसँगै विद्रोहीसँगको हमलामा मारिनेको संख्या १३ पुगेको छ’, सुरक्षा कमान्डर मोहम्मद अब्दिकादिरले भनेका छन् ।

प्रहरी अधिकारी इब्राहिम दुआलेले पनि १० भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि गरे । उनले शुक्रबार साँझ अल–शबाब लडाकुहरूले गरेको बन्दुक र बम आक्रमणको समयमा होटलमा रहेका अधिकांश सर्वसाधारणलाई उद्धार गरिएको बताए । विद्रोहीले होटललाई नियन्त्रणमा लिएर सर्वसाधारणलाई बन्धक बनाउन खोजेका थिए । 

‘अहिलेसम्म हामीले १२ जनाको ज्यान गएको पुष्टि गरेका छौँ, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए’ गुप्तचर अधिकारी मोहम्मदले रोयटर्सलाई भने ।

बन्दुकधारीहरूले भवनको दोस्रो तल्लामा अज्ञात संख्यामा बन्धकहरू राखेका र अधिकारीहरूलाई भारी हतियार प्रयोग गर्नबाट रोकिएको थियो ।

विद्रोहीले सुरक्षाकर्मीलाई अवरोध गर्न भवनका केही सिँढीमा पनि बम विस्फोट गराएका उनले बताए । 





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ८:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया