मकवानपुर-२ बाट पाँचौंपटक संसदीय निर्वाचन जित्ने दाउमा विरोध खतिवडा

नेकपा एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ । 

उनलाई पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

समाजवादीको स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री खतिवडा मकवानपुरको क्षेत्र नम्बर २ बाट लगातार ४ पटक निर्वाचित सांसद हुन् ।  

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए ।

खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए । क्षेत्र नम्बर २ मा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायले  पनि दाबी गरिरहेकी छन् ।   





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १२:३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया