शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे अधुरो कार्यतालिका
फाइल तस्वीर

शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । 

आइतबार आयोगले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अधुरो छ । खुलातर्फ तीनवटै तहको कार्यतालिका अधुरो देखिएको छ । 

तीनवटै तहको विज्ञापन गर्ने र सामान्य परीक्षा सञ्चालन गर्ने मिति तोकिए पनि नतिजा सार्वजनिक हुने, विषयगत परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता तथा सिफारिससम्बन्धी विषय कार्यतालिकामा उल्लेख छैन । साथै, अध्यापन अनुमतिपत्रको नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने विषय पनि कार्यतालिकामा समावेश छैन । 

कार्यतालिकाअनुसार तीन तहको खुला विज्ञापन पुस, माग र फागुनमा हुने छ । माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको विज्ञापन पुषमा गरी फागुनमा सामान्य परिक्षा सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ । 

सामान्य परीक्षाको नतिजा भने २०८० वैशाखमा सार्वजनिक गर्ने कार्यतालिका छ । साथै सोही परीक्षाको विषयगत परिक्षा भने २०८० जेठ/असारमा सञ्चालन गर्ने कार्यतालिका छ । 

माध्यमिक तृतीय श्रेणीको वस्तुगत परीक्षा कहिले सञ्चालन हुने कार्यतालिकामा उल्लेख छैन । 



निम्न माध्यमिक तह तृतीय श्रेणीको विज्ञापन माघमा गरी चैत्रमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन फागुनमा गरी वैशाखमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 



निम्न माध्यमिक तह र प्राथमिक तहको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने, विषयगत परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गर्नेबारेमा आयोगले कुनै जानकारी दिएको छैन ।

  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १४:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया