आमिर खानको लाल सिंह चड्ढाबाट किन पछि हट्यो नेटफ्लिक्स ?
फाइल तस्वीर

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक यो फिल्ममा अद्वैत चन्दनको निर्देशन छ । रिलिजअघि फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्नेमा भविष्यवाणी गरिएको थियो । तर, रिलिजपछि यताको रिपोर्ट हेर्दा फिल्मको कमाई चिन्ताजनक छ ।

यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने चर्चा भइरहँदा नेटफ्लिक्स फिल्म रिलिज गर्नबाट पछि हटेको छ । यो फिल्म रिलिजको १० दिन पूरा भएको छ, तर यसको कमाई भने ५५ करोडभन्दा माथि छैन । आमिरले फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्नका लागि निकै महंगो रकम माग गरेका थिए ।

आमिर नेटफ्लिक्समा फिल्मको स्ट्रिमिङ गर्न निकै उत्साहित थिए । उनी आफ्नो फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लैजान चाहन्थे । जसका लागि उनले नेटफ्लिक्ससँग १५० करोड रुपैयाँको माग गरेका थिए । नेटफ्लिक्ससँग यो कुराबारे छलफल जारी थियो । आमिरले आफ्ना पछिल्ला फिल्मको उदाहरण दिँदै नेटफ्लिक्ससँग कुराकानी गरेका थिए ।

आमिर हलमा फिल्म रिलिज भएको ६ महिना पछि ओटीटीमा फिल्म ल्याउन चाहन्थे । आमिरलाई थिएट्रिकल र ओटीटी रिलिजको अन्तरलाई काम गर्नका लागि नेटफ्लिक्सले मनाउने काम गरिरहेको थियो । नेटफ्लिक्सले आमिरलाई ८० देखि ९० करोड रुपैयाँ दिन तयारी गरेको थियो । तर आमिर भने आफ्नो बोलीबाट कहिल्यै पछि हटेनन् ।

आमिरले फिल्मलाई बढीभन्दा बढी रकममा बेच्ने प्रयास जारी राखे । उनले अहिले पनि नेटफ्लिक्सलाई १ सय २५ करोड मागिरहेका थिए । आमिर आफ्नो फिल्मले घरेलु बक्सअफिसमा ३ सय करोडभन्दा बढी व्यापार गर्छ भन्नेमा ढुक्क थिए । त्यहीकारण उनले रिलिज अघि डिजिटल अधिकार कसैलाई दिएका थिएनन् । आमिर आफ्नो बोलीबाट पछि नहटेपछि नेटफ्लिक्स नै पछि हटेको हो ।





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १५:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया