बारामा १२ केजी गाँजासहित दुईजना पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका–७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय रामकुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १७:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया