भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला, ५० प्रतिशतसम्म छुट

फुटवेयर म्यानुफ्याक्चरिङ एशोसिएसन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । 

उद्योग र ग्राहकबीच प्रत्यक्ष रूपमा व्यापार गर्ने उद्देश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला ५ देखि २० भदौसम्म सञ्चालनमा आउने गरी सुरु गरिएको आयोजकले जनाएको छ । 

जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेन्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए । 

उनले मेलामा १ हजारभन्दा बढी किसिमका उत्पादनको स्टल रहेको बताए । बञ्जाडेले मेलामा ग्राहकले जुत्ता चप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताए । 

उनले मेलामा सबै महिला, बालबालिका, पुरुष, कार्यालय प्रयोजनको लागि समेत जुत्ता चप्पलहरू पाउने बताए । बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताए ।

त्यस्तै, मेला उद्घाटनपश्चात कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताए । 



उनले नेपाली उत्पादनलाई सबैले प्रयोग गर्नु आवश्यक रहेको बताए । उनले नेपाली जुत्तामा विदेशी ब्राण्ड नभएर ब्राण्ड नेपाली लेख्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । 

मन्त्री श्रेष्ठले नेपाली ब्राण्ड लेख्नका लागि बागमती सरकार सहयोगको लागि तयार रहेको बताए । उनले नेपाली ब्रान्डका जुत्ता, कपडा विदेशमा माग हुने तर नेपालमा बजार नभएको भन्दै नेपाली उत्पादनको प्रचार बढाउनका लागि वागमती प्रदेश सरकार तयार रहेको बताए । उनले नेपाली वस्तु उत्पादनमा आत्मनिर्भर रहेका वस्तुहरु आयातमा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए ।



कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए । उनले प्रदेश सरकारले पनि उत्पादनको आधारमा उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । श्रेष्ठले नेपाली उत्पादन जुत्ता चप्पल विदेशी उत्पादन भन्दा कम नभएको बताए ।

उनले सरकारले उद्योगको प्रोत्साहन गर्ने कुरा मुखले नभएर कामले गरेर देखाउनुपर्ने बताए । मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन् । तीसभन्दा धेरै ब्रान्डका करिब हजार मोडलका जुत्ता चप्पल राखिएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ । 

  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १९:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया