\
फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ । पिएसजीले घरेलु टाेली लिलीविरुद्ध ७–१ को फराकिलो जित हात पारेको हो ।
पिएसजीलाई फराकिलो जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनल मेस्सी र अचरफ हाकिमीले समान एक गोल गरे । लिलीका जोनाथन बम्वाले एक गोल फर्काए ।
स्टेड पियरे माैराेयमा खेलको आठ सेकेन्डमै एम्बाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । २७ औं मिनेटमा मेस्सीले नुनो मेन्डिसको पासमा गोल गर्दै पाहुना टाेलीको अग्रता दोब्बर पारे ।
३९ औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३-० ले अघि बढाए । उनी नेयमारको पासमा गोल गर्न सफल भएका थिए । ४३ औं मिनेटमा नेयमारले गोल गरेपछि पाहुना टाेलीले पहिलो हाफमा ४-० को आरामदायी अग्रता लियाे ।
५२ औं मिनेटमा नेयमारले हाकिमीकाे पासमा गोल गरेपछि पिएसजी खेलमा ५-० ले अघि बढ्यो । ५४ औं मिनेटमा जोनाथनले खेललाई ५-१ को स्थितिमा ल्याए ।
एम्बाप्पेले ६६ औं मिनेटमा तथा ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पिएसजीले ७-१ काे फराकिलाे जित निकाल्याे । दुवै गाेलका लागि नेयमारले अवसर सिर्जना गरेका थिए ।
याेसँगै लगातार तेस्रो जितका साथ ९ अंक जाेडेकाे पिएसजी शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहाेरेकाे लिली समान खेलबाट चार अंकका साथ १२ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।