सुदूरपश्चिमबाट वाइसिएलको केन्द्रीय पदाधिकारीमा ६ जना

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट सेर्पालीको नेतृत्वमा ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो ।

महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन् । सुदूरपश्चिम प्रदेशबाट वाइसिएलको केन्द्रीय पदाधिकारीमा ६ जना चयन भएका छन् । उपाध्यक्ष, उपमहासचिव र सचिवमा सुदूरपश्चिम प्रदेशका ६ जना माओवादी नेता चयन भएका हुन् । 

वाइसिएलको केन्द्रीय उपाध्यक्षमा मञ्जु बम र मीनबहादुर घर्ती चयन भएका छन् । उपमहासचिवको जिम्मेवारी दिलबहादुर थापा ‘तुफान’ ले पाएका छन् । सचिवमा नवराज ऐर र शिव बोगटी र सूर्यकला थापा चयन भएका हुन् ।

केन्द्रस्य सदस्यमा सुरज खाती,  धनबहादुर जाग्री, बसन्त कार्की, योगेश साउँद, र अर्जुन साउँद, रबिन बिसी, निर्मला विष्ट, नरबहादुर विष्ट, वसन्तसिंह कार्की, चन्द्रा ठगुन्ना, सुरेन्द्र शाही, सुरेन्द्र विक, द्रोपती राना, संगिता चौधरीलगायत छन् । 

वाइसिएलले भूगोलबाट एक जिल्ला एक सदस्य समावेश गर्ने निर्णय गरेको थियो । वाइसिएल केन्द्रीय उपाध्यक्षमा चयन भएकी मञ्जु बम अघिल्लो कार्यकालमा केन्द्रीय सचिव थिइन् । 

उपमहासचिवमा चयन भएका तुफान अघिल्लो कार्यकालमा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज थिए । उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । 



बझाङबाट केन्द्रीय सदस्यमा चयन भएका रविन बिसी वाइसिएल बझाङका अध्यक्ष हुन् । 



  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार ७:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया