लेवान्डोस्की चम्कदा ला लिगामा बार्सिलाेनाकाे शानदार जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा बार्सिलाेनाले सहज जित हात पारेकाे छ । बार्सिलोनाले घरेलु टाेली रियल सोसिडाडविरुद्ध ४–१ को सहज जित हात पारेको हो । 

स्टेडियाे एनाेइटामा पाहुना टाेलीलाई जित दिलाउन राेबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा ओसमाने डेम्वेले र अन्सु फातीले समान एक गोल गरे । घरेलु टाेलीका लागि एलेक्सान्डर इसकले एक गाेल फर्काए ।

खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएकाे थियो । छैटौं मिनेटमा इसकले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

६६ औं मिनेटमा डेम्वेलेले पाहुना टाेलीलाई २–१ ले अगाडी बढाए । ​६८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका तेस्रो गोल गरे ।७९औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ४–१ को सहज जित दिलाए ।

याेसँगै पहिलाे जित निकालेकाे बार्सिलाेना दुई खेलमा चार अंक जाेडेर पाँचौं स्थानमा रहँदा पहिलो पराजय बेहाेरेकाे साेसिडाड समान खेलबाट तीन अंकका साथ १० औं स्थानमा छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार ७:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया