पाकिस्तानी पूर्वप्रधानमन्त्री खानमाथि अनुसन्धान सुरु

पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । 

शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । 

अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । 

उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् । खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुर्व्यवहार गरेको आरोपको निन्दा गरेका थिए ।  





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार ८:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया