भारतमा किसान आन्दोलन : दिल्लीको सीमानामा सुरक्षा व्यवस्था कडा
फरकधार / ६ भदौ, २०७९

दिल्ली प्रहरीले किसानको प्रदर्शनअघि दिल्लीको सिमानामा सुरक्षा व्यवस्था कडा पारेको छ । दिल्ली प्रहरीले जन्तर मन्तरमा किसानहरूको प्रदर्शनअघि दिल्ली–मेरठ एक्सप्रेसवेमा सिंघु र गाजीपुर सीमामा सुरक्षा कडा बनाएको छ ।  उत्तर–पश्चिम दिल्ली र गाजीपुर सीमामा रहेको सिंघु सीमामा अवरोध राखिएको छ । बेरोजगारी विरुद्ध सोमबार किसानहरूले प्रदर्शनअघि सुरक्षा व्यवस्था कडा पारिएको हो । 



यसअघि किसानहरूको छाता संगठन संयुक्त किसान मोर्चाले बिहीबारदेखि उत्तर प्रदेशको लखिमपुर खेरीमा ७५ घण्टाको धर्ना सुरु गर्ने घोषणा गरेको थियो ।
जन्तर मन्तरमा आजको किसानहरूको विरोधलाई ध्यानमा राख्दै राष्ट्रिय राजधानीमा अनावश्यक जमघट रोक्नको लागि दिल्लीको सिमानामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

सिंघु, टिकरी र गाजीपुर लगायतका सीमामा अतिरिक्त बलहरू तैनाथ गरिएको छ। राजधानी भित्रिने सबै सवारीसाधन चेकजाँच हुँदा  सहरका विभिन्न भागमा ट्राफिक जाम हुने गरेको छ । 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १२:२९:४७,   अन्तिम अपडेट : भदौ ६, २०७९ साेमबार १२:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया