धनगढीमा लागूऔषधसहित एक व्यापारी पक्राउ

कैलालीको धनगढीमा लागूऔषधसहित एक व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन्।  सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको  सादा पोसाकको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो। 

त्यसपछि उनले लुकाई छिपाई राखेको १ किलो लागूऔषध चरेस फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ।  यस्तै सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १३:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया