कैलाली प्रहरीले दुई जना नाबालिका बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । ७ वर्षीया र ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको लम्की चुहा–८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरीलाई सोमबार पक्राउ गरेको हो ।
गएको साउन ३१ गते दिउँसोको समयमा दुई नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आइतबार इलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पश्चात् उनीमाथि अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।