प्रदीप गिरिको सम्झनामा जनकपुरधाममा तरुण दलको श्रद्धाञ्जली सभा

नेपाली कांग्रेस निकट नेपाल तरूण दल धनुषाले स्वर्गीय प्रदीप गिरिको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सोमबार स्थानीय जनकचोकमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा मनाइएको हो । 

नेपाल तरूण दल धनुषाका कोषाध्यक्ष अन्जनी झाको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा नेविसंघका नेता सञ्जीव यादव, कांग्रेस जनकपुरधामका नगर उपसभापति राकेशविक्रम साह, नेविसंघका सुजित यादव, तरूण दलका सोनु निधि, विनय राय, रूपेश ठाकुर, रमेशकुमार यादव, रमेशकुमार महतो, मनीष कुमार यादव, बलराम साह, अजय झा, प्रत्युश ठाकुर, जंगेश कामत, राहुल कुमार यादव, निशान ओझा, विजय महतालगायतकाको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गीय गिरिको योगदान समाजसेवा तथा राजनीतिमा समेत अग्रणी रहेको बताए।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७५ वर्षको उमेरमा निधन भएको थियो ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार २२:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया