भारतीय विद्यार्थीलाई भिसा जारी गर्दै चीन

चीनले सोमबार बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने घोषणा गरेको छ । 

साथै भारतीयहरूलाई व्यापार भिसासहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ ।

‘भारतीय विद्यार्थीहरूलाई हार्दिक बधाई, तपाईंको धैर्य सार्थक साबित भयो । म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु । चीनमा फेरि स्वागत छ,’ चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन् । 

उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको विस्तृत घोषणालाई उद्धृत गरेको छ ।  





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ६:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया