एमाले स्थायी कमिटी बैठक बस्दै, चुनावको विषयमा छलफल हुने
फाइल तस्बिर

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीलगायत विषयमा छलफल हुने एमाले कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए । 

आम निर्वाचनमा एक्लै अगाडि बढ्ने निर्णय गरेको एमालेले चुनाव केन्द्रित योजना बनाउन स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।

गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।  एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ । 





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ८:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया