सत्ता गठबन्धनको बैठक आज बस्दैछ । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्न लागेको हो ।
बैठकले सिट बाँडफाँडबारे ठोस निष्कर्ष निकाल्ने बताइएको छ । सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको नेता कार्कीको भनाइ छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । यद्यपि भागबण्डा मिलाउन भने गठबन्धनलाई समस्या परेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।