डिल्लीबजारको सफ्टवारिका कलेजमा तोडफोड

काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ । आज बिहान ६ बजे डिल्लीबजारमा रहेको सफ्टवारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।

कलेजका कर्मचारीका अनुसार मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेका छन् ।

‘कसले तोडफोड गरेको भन्ने खुलिसकेको छैन । बन्दकर्ताले नै हो कि अरु कसैले हो भन्ने कुरा अहिले नै थाहा पाइसकेको छैनौं,’ ती कर्मचारीले भने । 

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ । सोही पार्टीका कार्यकर्ताले कलेजमा ढुंगामुढा गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको हो ।





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ८:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया