अदालत बोलाउन माग गर्दै एलन मस्कले दिए ट्विटरका सहसंस्थापकविरुद्ध उजुरी

विश्वकै धनाढ्य एलन मस्कले ट्विटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्विटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन् । ट्विटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ । 

दुबै पक्षले अदालत बाहिर पहिले नै समाधान गर्ने निर्णय नगरेसम्म अक्टोबरमा अमेरिकाको डेलावेयरमा मुद्दाको सुनुवाइ हुनेछ । विश्वकै धनाढ्य मस्कलाई न्यायाधीशले प्रति सेयर ५४ दशमलव २० डलरको सहमत मूल्यमा टेकओभर पूरा गर्न आदेश दिने ट्विटरको विश्वास छ । तर, मुद्दा तयारीको अंशको रूपमा मस्कका वकिलहरूले टेस्लाका मालिकको झगडा मिलाउन उनका साथी तथा ट्विटरका पूर्वप्रमुख डोर्सीलाई बोलाएका छन् । 

गत जुलाईमा अर्बपति मस्कले ट्विटर किन्ने सम्झौतबाट अलग हुने योजनामा रहेको बताएपछि कम्पनीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

फर्जी विवरणबारे सूचना रोकेको मस्कले कम्पनीलाई आरोप लगाएका थिए तर, ट्विटरले यसलाई क्रेताले दोष लुकाउन गरेको बहाना बताएको थियो । 

डोर्सी नोभेम्बरमो ट्विटरको प्रमुख कार्यकारीबाट राजीनामा दिएका थिए र गत अप्रिलमा कम्पनी बेच्ने कबोल घोषणा गर्दा उनले मस्को समर्थनमा यसरी ट्विट गरेका थिए, ‘एलोन मलाई विश्वास गर्ने एकल समाधान हो । म उहाँको मिसनमा चेतनाको ज्योति फैलाउने विश्वास गर्छु । ’

गत महिना एक अमेरिकी न्यायाधीशले मस्कविरुद्धको ट्विटरको मुद्दा अक्टोबरमा सुनुवाइ गर्नुपर्ने फैसला सुनाएका थिए । 





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ११:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया