धौलागिरि लघुवित्तको आइपिओ बाँडफाँट मिति तय

धौलागिरि लघुवित्तको आइपिओ बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आइपिओ बाँडफाँट हुने भएको हो ।

यो लघुवित्तको आइपिओ​को प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो । धौलागिरि लघुवित्तले गत २४–२९ साउनसम्म आइपिओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो ।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । 

निष्कासनको अन्तिम दिनसम्म यो आइपिओ​मा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।

धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् । तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक/एक कित्ता सेयर पाउनेछन् ।

यो आइपिओ​मा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १२:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया