बझाङ (ख) मा माओवादीबाट देवकी र शान्ति दोहोरिए विद्रोह हुन्छ : नेता सिंह

नेकपा माओवादी केन्द्रका नेताहरूले प्रदेशसभा चुनाव २०७४ मा बझाङ प्रदेश (ख) बाट निर्वाचित सांसद पुनः दोहोरिन चाहेमा विद्रोह हुने चेतावनी दिन थालेका छन् । निर्वाचित दुवै सांसदले काम गर्न नसकेको भन्दै माओवादीका नेता कृष्णकुमार सिंह (अस्मित) ले उनीहरू नै पुनः दोहोरिए विद्रोह हुने चेतावनी दिएका हुन् ।

मंगलबार फरकधारसँग अन्तक्रिया गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘यी माननीयहरूले कार्यकर्तालाई हाम्रा हुन् भन्ने महसुससमेत गराउन सकेनन् । हामी जस्ता सिनियर कार्यकर्ताले समेत त्यो महसुस गर्न पाएका छैनौँ । फेरि उनीहरूलाई नै दोहोर्याएर कार्यकर्तालाई थप निराश बनाउनु हुँदैन,’ सिंहले भने । 

पार्टीले दुवै जनालाई छनोट नगर्ने समेत उनको दाबी छ । ‘गठबन्धनका दलभित्र पात्रको विषय, सांसद को हुने भन्ने विषय पार्टीले निर्णय गर्ने हो । क्षेत्रीय कमिटीले प्रदेशलाई सिफारिस गर्ने हो । त्यो सिफारिस केन्द्रमा आउँछ । आकांक्षा राख्ने कुरा स्वभाविक हो । जसले पनि इच्छा राख्ने पाउँछ । उहाँहरू पार्टीबाट सिफारिस हुने सम्भावना सकिएको छ,’ सिंहले भने ।

उनले वर्तमान सांसद देवकी मल्ल र शान्ति नेपाली पुनः दोहोरिने कुरा न्यायोचित नहुने तर्क गरे । ‘हामीसँग राजनीतिमा ट्राफिक जाम जस्तो छ । हामीले एउटा लिडरसिप समूहलाई एकपटक मौका दिएर पुनः जनतासामु पठाउने हो । फेरि नयाँ पिँढीलाई मौका दिएर काम गर्ने हो,’ सिंहले भने, ‘उहाँहरू नै दोहोरिने कुरा विडम्बनापूर्ण हुन्छ । यो पाँच वर्षको बीचमा जुन डेलिभरी दिनुपथ्र्यो त्योबाट उहाँहरू चुक्नु भएको छ । जनताले नै उहाँहरूलाई बहिस्कार गर्छ ।’ 





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १३:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया