नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन भारतीय प्रधानसेनापति भदौ १९ गते नेपाल आउँदै

भारतीय प्रधानसेनापति मनोज पाण्डे भदौ १९ गते पाँच दिनका लागि नेपाल भ्रमणमा आउने भएका छन् । पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन्। 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भारतीय प्रधानसेनापति पाण्डे नेपाल आउने जानकारी दिए।पाण्डेको नेपाल भ्रमणका लागि नेपाली सेनालाई मन्त्रिपरिषद्‍बाट सैद्धान्तिक स्वीकृति भइसकेको छ । भारतीय प्रधानसेनापतिको स्वागतबा लागि नेपाली सेनाले तयारी थालेको उनले जानकारी दिए । 

पाण्डेको भ्रमणका क्रममा नेपालले राख्ने एजेन्डाबारे रक्षा परराष्ट्र मन्त्रालय र नेपाली सेनाबीच छलफल भइरहेको बताइएको छन्। नेपाली सेनाले भारतसँग दुईवटा सैनिक हेलिकोप्टर अनुदानमा मागेको छ। 

पाण्डेको भ्रमणका क्रममा ती हेलिकोप्टर सहयोगको घोषणा हुनसक्ने कतिपय अधिकारीको अनुमान छ। 

सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एक–अर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा छ।

त्यसयता नेपालका १७ जना सेनापतिले दिल्लीबाट मानार्थ प्रधानसेनापतिको पदवी लिएका छन् । त्यसैगरी, २१ जना भारतीय सेनाका प्रमुखले मानार्थ प्रधानसेनापतिको पदवी लिइसकेका छन् । 



सोहीबमोजिम नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नेछिन्। 



  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १८:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया