चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको भन्दा योपटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो ।
विदेशी सञ्चितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिबन्ध लगाउँदा अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालू आर्थिक वर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो। गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो।
यसैगरी, निर्यातमा पनि गत वर्षको तुलनामा २८.६८ प्रतिशतले गिरावट आएको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।