हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन् । गत १५ साउनमा चिनियाँ अदालतबाट मुद्दा जितेको २० दिनपछि मंगलबार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन् ।
चिनियाँ अदालतमा मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलबर फिर्ता पठाएको छ। जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जनासहित रकम फिर्ता पाएको छ भने हिमालयन ७० करोड रुपैयाँ फिर्ता पाएको छ ।
मेलम्ची खानेपानी आयोजनासम्बन्धी मुद्दामा चिनियाँ अदालतले हिमालय र बिओकेको पक्षमा १५ साउनमा फैसाला सुनाएको थियो । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनियाँ तल्लो अदालतबाट जिते पनि उच्च अदालतमा जानुपर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन् ।
१५ साउनमा चिनियाँ अदालतमा अन्तिम फैसला भएसँगै दुवै नेपाली बैंकलाई चिनिया कन्ट्रक्सन बैंकबाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुवै बैंकले चिनियँ अदालतमा मुद्दा दायर गरेका थिए । जसको अन्तिम फैसाला चिनियाँ अदालतमा १५ साउनमा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।