सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनमा केही दिनभित्रै सिट भागबण्डाको टुंगो लाग्ने दाबी गरेका छन् ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।
सिट बाँडफाँडबारे निरन्तर छलफल भइरहेको भन्दै उनले गठबन्धनमा निरन्तर छलफल हुने, तर निर्णय नहुने हुनुलाई समस्या वा विवाद छ भनेर बुझ्न नहुने बताए ।
मन्त्री कार्कीका अनुसार बुधबार साँझ ५ बजे पुनः सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित सिट बाँडफाँड कार्यदलको बैठक बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।