आजको मौसम : बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

बुधबार प्रदेश–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश–१, बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने शाखाले जनाएको छ । 

रातमा भने प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ६:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया