उच्च संस्कारका बालबालिका नै देशको नेतृत्वमा पुग्नेछन् : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरूबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाडौंले आयोजना गरेको उपत्यका व्यापी अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता –२०७९ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

‘झमककुमारीले खुट्टाले त्यत्रा  ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’ मन्त्री चौधरीले थपे, ‘तपाईँहरू असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरू नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’

बालबालिका असल संस्कार सहित अघि बढ्न जरुरी रहेको उनले बताए ।  मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका  थिए ।  





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ७:३८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया