सिट बाँडफाँटको विषय टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

पाँच दलीय सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्न लागेको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न आज पनि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । सिट गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् । 

गठबन्धनमा आबद्ध दलहरूको अस्वाभाविक दाबीले छलफल निष्कर्षविहीन हुँदै आएको छ । कार्यदलको मंगलबारको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थताका कारण उपस्थित भएनन् । 

सिट बाँडफाँटको टुंगो लगाउन सकस भएपछि कार्यदलले पार्टीका शीर्ष नेतालाई सामूहिक र एक्लाएक्लै बसेर छलफल गर्न पनि सुझाव दिएको छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ७:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया