नागरिकता विधेयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो : प्रचण्ड
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन ।

तत्कालीन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन् । 

वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन् । 

भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदीप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्डले विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

जसअनुसार प्रचण्डले बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भए पछि चितवनका पार्टी कार्यकर्तासँग भेटघाट कार्यक्रम तय भएको चितवन माओवादीले जनाएको छ।  





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ९:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया