यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय फुटबल टोलीको घोषणा

यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटान खेल्ने छन् । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली– गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना

डिफेन्डरः अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा

फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १४:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया