रोनाल्डो र प्रशिक्षक टेन हागको बढ्यो दूरी

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरि एक पटक सुरुवाती ११ मा थिएनन्, जर्गेन क्लोपको लिभरपुल जस्तो बलियो प्रतिद्वन्द्वीविरुद्धको खेलमा पनि रोनाल्डो बेन्चमा थिए ।

क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती ११ मै समावेश गर्न लिभरपुलविरुद्धको खेल सही मौका थियो । घरेलु मैदानमा लिभरपुलविरुद्ध सुरुबाटै खेलेर गोल गर्ने मौका पनि थियो रोनाल्डोसँग ।

तर, प्रशिक्षक इरिक टेन हागको लाइनअपले सबैलाई छक्क पार्‍यो ।  लिभरपुलविरुद्धको खेलमा सुरुवाती ११ मा मार्कुस रासफोर्ड, जाडोन साञ्चो र एन्थोनी एलंगा थिए । स्वीडिस फरवार्ड एलंगा जो भर्खर २० वर्षका भए, उनले क्रिस्टियानो रोनाल्डोको ठाउँ लिएको जस्तो देखिन्थ्यो ।

टेन हागले रोनाल्डोसँगै कप्तान ह्यारी मगुएरलाई पनि टोलीमा राखेका थिएनन् । रेड डेभिल्सका प्रशिक्षकले पत्रकारसँग यसको कारण पनि खुलाए, ‘तपाईं प्रत्येक खेलको सम्बन्धमा हेर्नुहुन्छ र हामी एक टोली हौं, हामीसँग कभर गर्न धेरै खेल छन् र हामी सोच्छौं कि यी परिवर्तन यसका लागि सबै भन्दा राम्रो कुरा हो । हामीले आज यो लाइनअपको साथ सुरु गरेका छौं, तर भविष्यका लागि केही पनि सेट गरिएको छैन ।’

पत्रकारले जब क्रिस्टियानो रोनाल्डोका बारेमा सोधे टेन हाग स्पष्ट थिए, ‘हामीलाई थाहा छ लिभरपुल धेरै राम्रो टोली हो र हामीले तिनीहरूलाई दबाब दिन आवश्यक छ, यसलाई रोक्न हामीलाई धेरै ऊर्जा चाहिन्छ । संक्रमणमा, हामी तिनीहरूलाई हराउन सक्छौं, त्यसैले हामीले एलंगा, रासफोर्ड र सान्चोलाई सुरुमा खेलायौं ।’

क्रिस्टियानो रोनाल्डोले ८५ औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान प्रवेश गरे । तर, रोनाल्डोले मैदानमा त्यति सहज देखिएनन् उनले मुस्किलले मात्रै बललाई छोए ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १४:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया