प्रीति कौरको तीज गीत ‘ढल्की ढल्की’ बजारमा (भिडियाे)

नेपाली नारीको महान चाड हरितालिका तीजका अवसरमा गायिका प्रीति कौरले ‘ढल्की ढल्की’ बोलको गीत ल्याएकी छिन् । सुष्मा सिग्देलले लेखेको गीतको कम्पोज अंकितबाबु अधिकारीले गरेका हुन्।

पप गायिकाका रुपमा परिचय बनाएकी प्रीतिले लोकलयको तीज गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको बताएकी छिन्। ‘दर्शक–श्रोताबाट राम्रो रेस्पोन्स आएको छ, यसले खुसीसँगै उत्साह पनि थपेको छ,’ उनले भनिन्। 

विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा इस्टु कार्की र प्रीति कौर आफैँ नाचेका छन्। उत्सव दाहालले खिचेको भिडियोमा जस्विर कौर स्वाँरले कोरियोग्राफी गरेका छन्। 

वीरबहादुर चौधरीले सम्पादन गरेको भिडियो प्रीतिले आफ्नै अफिसियल युट्युब च्यालनबाट सर्वाजनिक गरेकी हुन्।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १८:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया