मिटरब्याजीविरुद्ध उजुरीका खात
फाइल तस्वीर

मिटरब्याजीविरुद्ध सर्लाही, मोरङ र सप्तरी ५ सय ७८ पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि चार जिल्लामा अहिलेसम्म ५ सय ७८ जना पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । यो संख्या बढ्दै जाने उजुरी दिएका पीडितहरूले बताएका छन् । 

सरकारले यही ५ भदौसम्म मात्र उजुरी दिने समय तोकेको थियो तर पीडितहरूको उजुरी आउने क्रम नरोकिएको जिल्ला प्रमुखहरू बताउँछन् । 

पीडितहरूले संघीय राजधानीमा मात्र होइन, जिल्लाका सदरमुकाममा प्रदर्शन गरेका छन् । अरूलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजीलाई तत्काल कारबाही गर्न राज्यसँग उनीहरूले माग राखेका छन् । 

मिटरब्याजीहरू ऋण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजीनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभई देशव्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनुपर्ने धेरैको भनाई छ । 

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजीको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । 

मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत २८ साउनमा उजुरी आह्वान गरिएको थियो ।  



कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनेका थिए । 

देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा. भुसालको भनाइ थियो ।



  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १८:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया