संविधानले प्रतिनिधिसभा रिक्तताको परिकल्पना गरेकै छैन : देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकता रहेको बताए ।

महासचिव गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिए । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिक रूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । 

उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक–दुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने स्पष्ट पारे ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १८:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया