रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने लोकसेवाको तयारी

कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तिम फैसला आएसँगै लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने तयारी गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै अब यसअघि स्थगित सबै परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम तत्काल सुरु गर्ने जनाएको हो ।

विभिन्न समयमा अदालतमा परेका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ । अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । 

सर्वोच्च अदालतले मंगलबार संघीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो । धेरैजसो रिट खारेज भए पनि पूर्ण पाठ आएलगत्तै परीक्षाका कारबाही अघि बढाउने आयोगको तयारी छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार २०:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया