अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन पहल गर्ने छौँ : बालेन शाह

काठमाडौंका मेयर बालेन शाहले अनधिकृत सं‌रचना एक्कासि नभइ ३५ दिन सूचना जारी गरेर भत्काएको स्पष्ट पारेका छन् । उनले यो विषयमा कुनै पनि पक्ष आफूहरूसँग छलफल र सरसल्लाहका लागि सम्पर्कमा नआएको बताएका छन् । 

बुधबार साँझ उनले भनेका छन्, 'हामीले एक्कासि अनधिकृत संरचनाहरू भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ । तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ ।' 

उनले अनधिकृत संरचनाहरूप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै रहने बताउँदै उनले अनुरोध गरे 'अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरू आफैँले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरू भाडामा लगाउने नगरियोस् ।' 

अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाका लागि दुःख व्यक्त गर्दै उनले अनधिकृत संरचनाका मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाए ।

'अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्‍याएबापत हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ' उनले भनेका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार २०:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया