जनप्रतिनिधिले मन्त्री र कर्मचारीसँग दम्भ देखाए चाहेजति योजना र बजेट प्राप्त हुँदैन : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने भन्दै समन्वयकारी भूमिका बढाउनुपर्ने बताएका छन् । 

बुधबार बागलुङ जिल्लाका स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष ०७८–०७९ मा सञ्चालित योजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले पद र प्रतिष्ठाले मात्रै विकास नहुने भएकाले जनप्रतिनिधिले निरन्तर समन्वय गर्न सकेमा मात्रै धेरै विकासका काम गर्न सकिने बताए ।

मन्त्री पौडेलले समय–समयमा सम्बन्धित मन्त्रालयमा योजना माग गर्नका लागि पुगिरहनुपर्ने उल्लेख गर्दै मन्त्री र मन्त्रालयका कर्मचारीसँग आफ्नो पद प्रतिष्ठाको दम्भ देखाएर मन्त्रालय नपुग्दा चाहेजति योजना र बजेट प्राप्त हुन नसक्ने बताए ।

समीक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिको सहभागिता थियो । 

समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य बलावती शर्मा, प्रदेशसभा सदस्य खिमविक्रम शाही, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र पर्यटन अभियन्ता कृष्ण केसीलगायतले धारणा राखेका थिए । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार २१:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया