२३४ नेपालीले पाए डाइभर्सिटी भिसा

गत महिना जुलाईमा २३४ जना नेपाली डिभी विजेताले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् । जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरू २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।

जुन महिनामा ३५७ जना नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासले मात्र ३५१ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अन्य व्यक्ति अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरू र अन्य देशमा भिसा पाउने नेपाली हुन् ।

मे महिनामा जम्मा ५९ जना नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेकोमा अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो ।

त्यस अगाडि अप्रिलमा भने नेपालीले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा पाएका थिए । कुल ६६२ जनाले अप्रिलमा डाइभर्सिटी भिसा पाएकोमा काठमाडौंबाट पाउनेहरू ६४६ जना रहेका थिए ।  

मार्चमा कुल ३०४ जना नेपालीले डाइभर्सिटी भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेतालाई भिसा जारी गरेको थियो ।  

डिभी २०२२ का विजेताले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको थियो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन । 



मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तर्वार्ता लिन सुरु गरेको थियो । यसरी चालु आर्थिक बर्षमा जुलाईसम्मको गणना गर्दा १६१६ जना नेपालीले डाइभर्सिटी भिसा पाएका छन् । यो संख्या प्राथमिक डिभी विजेताहरु र उनीहरूका आश्रितहरूसमेत जोड्दा हो । डिभी २०२२ का विजेताले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । 



अमेरिकाले हरेक वर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर, कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन संख्या झण्डै ३८ सय हो । 
 

  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ८:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया