एकीकृत समाजवादी सुदूरपश्चिम अध्यक्षले गरे पार्टी परित्याग, एमालेमा प्रवेश गर्ने चर्चा

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको वर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको नेकपा एस सुदूरपश्चिमका एक नेताले बताए । 

शाहीले आज सामाजिक सञ्जाल फेसबुकबाट पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । 

पार्टी परित्यागको घोषणा गर्दै शाहीले सामाजिक संजालमा भनेका छन्, ‘२०५४ सालमा वामदेवले फुट्नबाट पनि शक्ति प्राप्त हुन्छ  भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले  कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्यायो । त्यस बाफत पछुतो र आत्मग्लानि भएको छ। विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दल सँग आबद्ध नरहेको घोषणा गर्दछु ।’

उनी नेकपा एमालेमा प्रवेश गर्ने चर्चा छ । चर्चालाई नेकपा एमालेका युवा नेताले पुष्टि समेत गरेका छन् ।

फेसबुकमा नेता महरले नेकपा एस परित्याग गरेका शाहीलाई चाँडै एमालेमा स्वागत गर्ने उल्लेख गरेका छन् । शाहीले पार्टी परित्याग गरेको समाचार शेयर गर्दै नेता महरले लेखेका छन्, ‘हार्दिक बधाई छ । अब छिट्टै एमालेमा स्वागत गर्छौं कमरेडलाई ।’ 





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १०:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया