साफ च्याम्पियनसिपको दुई हप्ताअघि नै भुटानी टोली नेपालमा
फाइल तस्बिर

साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टोली बिहीबार बिहान काठमाडौं आइपुगेको छ । 

२१ भदौदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको हो । 

आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो । बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारीलगायतले स्वागत गरे ।

सन् २०१९ पछि कोभिड–१९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो । 

प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ । तर, भारत भने फिफाको प्रतिबन्धका कारण सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको छैन । 





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १२:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया