खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप

खप्तड लघुवित्तको आईपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार बिहानसम्ममा ६ लाख ५५ हजार ६६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो । कम्पनीले ८ भदौबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो ।  

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये  ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा १२ भदौसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपिओ भर्न सक्नेछन् । यो आईपीओ मा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १३:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया