नेपालले आज घरेलु टोली केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल खेल्दैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
केन्याविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित हात पार्न नेपाललाई सहज भने हुने छैन ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १–० को अग्रता लिएको छ ।
केन्या पनि पहिलो खेलमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।