बालेनलाई महेश बस्नेतको जवाफ : डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु

नेकपा एमालेका युवा नेता महेश बस्नेतले केही दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गर्दै आएको कार्यप्रति असन्तुष्टि जनाएका छन् । 

पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगरभित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफैं उपस्थित भएर गर्ने गरेका छन् । यसैप्रति असन्तुष्टि जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् । 

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरेँ खुसी लाग्यो । तपाईँलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए । 

‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् । 

बस्नेतले दुई/चार सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । ‘विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नैपर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेका छन् ।  





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ७:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया