नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधि र प्रदेशसभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसीमा तोकेको छ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो ।
सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।
उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौभित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौभित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाइएको छ ।
प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रीय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।
यसरी टुंगो लगाइएका उम्मेदवारलाई सत्तारुढ गठबन्धनको सिट बाँडफाँटअनुसार गठबन्धनबाट उम्मेदवार घोषणा गरिने उनको भनाइ छ । उनका अनुसार कतिपय जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।