क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड २४ भदौमा हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । २४ भदौमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ ।
शिक्षण संस्था एनसीसीएस ग्रुपको मुख्य प्रायोजक रहेको अवार्डमा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गरिने छ ।
वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदीयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइयो ।
अवार्डका लागि पाँच सदस्यीय प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए ।
कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्यांकन वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ । जसका लागि भोटिङ हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।